Sindhuligadhi, the famous place of it is Situated at an altitude 1417m, Rani Darbar lies in Mahabharat belt. This historic palace situated 23km north from Sindhulimadhi can be reached by public transport. Built by Bambir Bikram Bahadur Rana, the palace is one of the most beautiful and artistic. This Palace was built in 1956 B.S. Among the brick walls in their gracious setting and sculpture design shows the glorious history of the Rana Regime.
Monday, September 9, 2013
सिन्धुली जिल्लाको संक्षिप्त परिचय
सिन्धुली जिल्ला २६०५५" देखि २७०२२" उत्तरी अक्षांश देखि ५०१५" देखि ६०२५" पूर्वी देशान्तरमा अवस्थित छ । भित्री मधेशको चुरे भागदेखि माहाभारत क्षेत्रहरुलाई समेत समेटेको यस जिल्लाको कूल क्षेत्रफल २,४९१ वर्ग कि.मि. रहेको छ भने जिल्लाको उचाई समुन्द्रि सतहदेखि १६९मिटर देखि २३०० मिटरको विचमा छ ।
यस जिल्लामा उष्ण, उपोष्ण र समशितोष्ण प्रकारको हावापानी पाइने हुँदा वनस्पति र जिवजन्तु पनि विविध नै पाइन्छन् । काष्ठ र प्रकाष्ठ दुवैखाले वनस्पतिको उपलब्धता यस जिल्लाको वनजंगलको विशेषता रहेको छ । यस जिल्लाको कूल क्षेत्रफलको करिव ६४.८ प्रतिशत भू-भाग वनजंगलले ओगटेको । जुनार र सुन्तलामा प्रशिद्ध प्राप्त यस जिल्लाको निर्यातजन्य उत्पादनहरुमा अम्रिसो, अदुवा, बेसार, भुइँकटहर, जडीबुटीहरु र अमिलोजातका विभिन्न फलफूलहरु रहेका छन् ।
प्रशासनिक रुपले यस जिल्लालाई ५३ वटा गा.वि.स. र १ वटा नगरपालिकामा विभाजन गरिएको छ भने निर्वाचन तथा स्थानीय निकायको प्रयोजनको लागि यस जिल्लालाई ३ वटा निर्वाचन क्षेत्र र १३ वटा इलाकामा विभाजन गरिएको छ ।
२०६८ सालको प्रतिवेदन अनुसार यस जिल्लामा कूल जनसंख्या २,९६,१९२ जनसंख्या भएको पाईन्छ । जसमा महिलाहरु १,५६,०६९ र पुरुषहरु १,४०,१२३ को संख्यामा छन् । यस जिल्लामा तामाङ्ग जातिको वाहुल्यता रहेको छ । हायू र थामी जस्ता लोपोन्मुख अल्पसंख्यक जातिहरु पनि यस जिल्लामा बसोबास गर्दै आइरहेका छन् ।
प्रमुख भौतिक सुविधाहरुमा बर्दिबास-सिन्धुली-बनेपा सडक खण्ड अन्तर्गत सिन्धुलीमाढीदेखि खुर्कोट खण्डसम्मको निर्माण कार्य पूरा भैसकेको करिव ३९ कि.मि. कालोपत्रे सडक, तराईको बजार बर्दिबासलाई जिल्ला सदरमुकाम सिन्धुलीमाढीबाट जोडने बाह्रैमास चल्ने ३७ कि.मि. मध्ये २५ कि.मि. कालोपत्रे र बाँकी ग्राभेल सडक र करिव ११०० लाइनको टेलिफोन, १००० थान सि.डि.एम.ए. र ६५००० भन्दा बढी मोवाइल सेवाको रहेको छ । यसका अतिरिक्त विभिन्न मौसमी सडकहरु, जिल्ला अस्पताल, कलेज सुविधा, बजार केन्द्रहरु पनि जिल्लाको सामाजिक आर्थिक विकासमा योगदान पुर्याउने भौतिक पक्षहरु हुन् ।
मानवीय जीवन यापनका विविध पक्षहरुमा सुदृढ गर्नका लागि जिल्लामा कार्यरत सरकारी कार्यालयहरु भन्दा वाहेक अन्य संघ/संस्थाहरु जिल्लाको आर्थिक, सामाजिक विकासमा कार्यरत रहेका छन् । यी संघ/संस्थाका सहयोगका अतिरिक्त पनि जिल्लाको विविध संस्कार, भौगोलिक विकटता, गरिवी जस्ता अवयवहरुले गर्दा गरिबी, लैङ्गकि विभेद, बाल मृत्युदर, कुपोषण जस्ता समस्याहरु उल्लेख्य मात्रामा घटन सकेको छैन ।
जिल्लामा निर्माणधिन अवस्थामा रहेको बर्दिबास-सिन्धुलीमाढी-बनेपा सडक र अन्य निकायहरुबाट सडक तथा अन्य आवश्यक पूर्वाधारहरुको क्रमिक निर्माणले जिल्लाले विशिष्टिकरण प्राप्त गरेको क्षेत्रहरु जस्तै दुधजन्य पदार्थहरु, फलफूल, जडिबुटी जस्ता श्रोतबाट जिल्लामा व्याप्त गरिबीको अवस्थामा सुधार आउने स्थिति अवश्य रहने छ ।
Subscribe to:
Post Comments (Atom)
Nepal's Festivals
Nepal is not only the land of mountains; it is also the land of festivals. There are more than 50 festivals celebrated in Nepal every ye...
-
Nepal Geographical Information: Nepal, a sovereign Independent Kingdom, lies between 80 degree 12' east longitude and 26 degree 22...
-
“Sindhuligadhi ghumer herda Suntalimai kati na ramro darbar maryo ni mayale maryo Bainsa ma lahur gaya pani Suntali mai aauchhu mata pharke...
-
www.Sindhuligadhi.blogspot.com Sindhuligadhi is one of the historical and beautiful places which are situated northern part of Mahabharat...
No comments:
Post a Comment