Sindhuligadhi, the famous place of it is Situated at an altitude 1417m, Rani Darbar lies in Mahabharat belt. This historic palace situated 23km north from Sindhulimadhi can be reached by public transport. Built by Bambir Bikram Bahadur Rana, the palace is one of the most beautiful and artistic. This Palace was built in 1956 B.S. Among the brick walls in their gracious setting and sculpture design shows the glorious history of the Rana Regime.
Monday, September 9, 2013
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय नेपाल सरकारको पर्यटन, संस्कृति तथा नागरिक उड्डयन सम्बन्धि कार्यहरू गर्ने सर्बोच्च निकाय हो। विभिन्न समयमा विभिन्न मन्त्रालय अन्तरगत रहेका विभागहरूलाइ मिलाएर वि.सं. २०५७ देखि यो मन्त्रालय अस्तित्वमा आएको हो। नेपालमा पर्यटन उद्योगको विकासमा नेतृत्व गर्नु, सांस्कृतिक धरोहरहरूको संरक्षण र प्रचारप्रसार गर्नु तथा हवाई सेवाको प्रवर्धन गर्नु यसको प्रमुख कार्यहरू हुन्।
इतिहास
बि.सं. २०१६ सालमा तत्कालिन अधिराजकुमार हिमालय विक्रम शाहको अध्यक्षतामा पर्यटन बोर्डको स्थापना गरिएको थियो। त्यस पछि वि.सं. २०१८ सालमा श्री ५को सरकारले निर्माण तथा यातायात मन्त्रालय अर्न्तर्गत पर्यटन विभागको स्थापना गर्यो। पर्यटन क्षेत्रको नियोजित तथा योजनाबद्ध विकास एवं प्रवर्द्धन गर्ने उद्देश्यले बि.सं. २०३४ सालमा छुट्टै मन्त्रालयको रूपमा पर्यटन मन्त्रालयको स्थापना गर्यो। सुरूमा पर्यटन क्षेत्रलाई मात्र आबद्ध गरी पर्यटन मन्त्रालय नामाकरण गरिएकोमा इ.सं. १९८२मा निर्माण तथा यातायात मन्त्रालय अर्न्तर्गतको हवाई विभागलाई समेत गाभी यसलाई पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय नामाकरण गरियो। यसका साथै नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०५७/१/६ गतेको निर्णयबाट युवा खेलकुद तथा संस्कृति मन्त्रालय विघटन गरी संस्कृतिको कार्य समेत यस मन्त्रालयमा थपियो र नयाँ नाम संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय राखियो।
उद्देश्यहरू
देशमा रहेको सांस्कृतिक विविधताको संरक्षण र सर्म्बर्द्धन,
हवाई सेवाको सुरक्षित र भरपर्दो विकास गरी राष्ट्रिय विकासमा टेवा पुर्याउने,
पर्यटन क्षेत्रलाई देशको मुख्य आर्थिक क्षेत्रको रूपमा विकास गर्ने,
प्राकृतिक र सांस्कृतिक वातावरणको संरक्षण गर्दै पर्यटकीय क्रियाकलापहरूको बृद्धि गर्ने,
सुरक्षित, भरपर्दो, प्रभावकारी र मितव्ययी हवाई सेवाको विकास गर्ने,
सांस्कृतिक तथा पुरातात्विक सम्पदा संरक्षण र सुदृढीकरण गर्ने,
नेपाल आउनको लागि हवाई उडानका सीटहरू बढी उपलब्ध गराउने,
आन्तरिक हवाई सेवामा सुधार गर्ने,
उडान सुरक्षा व्यवस्थालाई मजबुत बनाउने,
देशमा अद्वितीय पयर्ट न क्रियाकलापहरूको प्रबर्द्धन गर्ने,
पर्यटकको औसत बर्साई बढाउने,
पर्यटकको प्रतिव्यक्ति खर्च बढाउने,
पर्यटन उद्योगको लागि सहुलियत प्रदान गर्ने,
पर्यटन आकर्षाका बारेमा प्रचार प्रसार गर्ने,
साहित्य, कला, संगीत, लगायतका रचना सम्बन्धी प्रतिलिपी अधिकारको संरक्षण र सर्म्बर्द्धन गर्ने।
कार्यक्षेत्र र जिम्मेवारी
नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०५७मा यस मन्त्रालयलाई देहाय बमोजिमका कार्यक्षेत्रहरू तोकिएका छन्mm
तथा पुरातात्विक अन्वेषण र उत्खनन कार्य गर्ने गराउने सम्बन्धी,
देश बाहिर लगिने पुरातात्विक सामानहरूको जाँच र अनुमति सम्बन्धी,
सङ्ग्रहालय र अभिलेखालयहरू सम्बन्धी,
प्रतिलिपी अधिकार सम्बन्धी,
पुरातात्विक विषयमा प्रतिलिपी अधिकार सम्बन्धी,
देशमा विद्यमान सांस्कृतिक धरोहरहरूको संरक्षण सम्बन्धी,
संस्कृति सम्बन्धी अन्तर्राष्ट्रिय सम्झौता, सांस्कृतिक आदान-प्रदान तथा अध्ययन र अनुसन्धान सम्बन्धी,
नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान, पशुपति क्षेत्र विकास कोष, लुम्बिनी विकास कोष, बृहत्तर
जनकपुर क्षेत्र विकास परिषद्, सांस्कृतिक संस्थान र अन्य सांस्कृतिक संस्था एवम् समितिहरू सम्बन्धी,
विभिन्न धर्म, जात, जाति, सम्प्रदाय, भाषा, भाषिकाहरू, साहित्य, लिपि, कला र संस्कृतिको
विकास सम्बन्धी,
विमानस्थलको निर्माण, मर्मत तथा सम्भार एवम् पर््रबर्द्धन सम्बन्धी,
हवाई यातायात तथा परिवहनको सञ्चालन तथा व्यवस्था सम्बन्धी,
हवाई यातायात सम्बन्धी संस्थान, प्राधिकरण तथा सङ्गठनहरू सम्बन्धी,
नेपाल इन्जिनियरिङ्ग सेवा अर्न्तर्गत देहायका समूह सम्बन्धी नियुक्ति, सरुवा, बढुवा, सुरू
नियुक्तिको न्यूनतम शैक्षिक योग्यता र बढुवामा गणना हुने सम्बन्धित विषयको शैक्षिक
योग्यताको निर्धारण तथा विभागीय कारवाही आदि सम्बन्धी।
एरोनटिकल इन्जिनियरिङ्ग समूह
इलेक्ट्रोनिक एण्ड टेलिकम्प्युनिकेशन इन्जिनियरिङ्ग समूह
सिभिल एभिएसन अपरेसन तथा इन्जिनियरिङ्ग समूह
मन्त्रालय अर्न्तर्गतका निकायहरू
पुरातत्व विभाग।
नेपाल प्रतिलिपी अधिकार रजिष्ट्रारको कार्यालय।
नेपाल पर्यटन बोर्ड।
नेपाल नागरिक उड्डयन प्राधिकरण।
नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान।
लुम्बिनी विकास कोष।
पशुपति क्षेत्र विकास कोष।
बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्।
सांस्कृतिक संस्थान।
नेपाल वायुसेवा निगम।
नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान।
पर्वतीय प्रशिक्षण प्रतिष्ठान विकास समिति
Subscribe to:
Post Comments (Atom)
Nepal's Festivals
Nepal is not only the land of mountains; it is also the land of festivals. There are more than 50 festivals celebrated in Nepal every ye...
-
Nepal Geographical Information: Nepal, a sovereign Independent Kingdom, lies between 80 degree 12' east longitude and 26 degree 22...
-
“Sindhuligadhi ghumer herda Suntalimai kati na ramro darbar maryo ni mayale maryo Bainsa ma lahur gaya pani Suntali mai aauchhu mata pharke...
-
www.Sindhuligadhi.blogspot.com Sindhuligadhi is one of the historical and beautiful places which are situated northern part of Mahabharat...
No comments:
Post a Comment