Saturday, February 16, 2013


पर्यटकीय महत्व वोकेको लेन्द्रङ चुलिथुम

लेन्द्रेङ चुलिथुम सिन्धुली जिल्लकै दोस्रो सवै भन्दा अग्लो चुलिथुम हो । समुद्री सतहबाट लेन्द्रङ चुलिथुम १८४८ मि. उचाईमा पर्दछ । सिन्धुली माडी सदरमुखामबाट लेन्द्रेङ चुलिथुममा पुग्न लगभग २९ कि.मि. यात्र गर्नु पर्दछ ।

यो ठाउँको आपनौ इतिहास, धार्मिक तथा साष्कृतीहरु भएको हामी पाउँछौ । प्राचिनकालको भनाइनुसार यस चुलिथुममा श्री कपुरभुमे देवताको वास स्थान थियो रे । कोही गरीव मानवको विवाह, व्रधवन्द, छेवार, जन्मदिन, लगायत कुनै विषेश काजकृया हुँदा त्यहाँ गई देवताको नाममा पुकारिन्थो र मानष्यलाई जे जे समान चाहिन्ज्थ्यो त्यई त्यई अर्थत खडकुलो, कराही, तसला, देक्चि, पन्यू, डाडूँ आदी त्यहाँबाट दिइन्थ्यो र यसको प्रयोग भएपछि ति मानिसले सोही ठाउँमा लगेर बझाइन्थ्यो । यसरी नै यो प्रकृय पुर्वकालमा भएको त्यहाँको जनविश्वास रहेको छ । तर पछिको समयमा मानिसहरुले त्यहाँवाट समानहरु लगी प्रयोग गरेपछि ति व्यक्तिहरुले लगेको समानहरुमा जुठ्ठो र राम्ररी सफा नै नगरी भाडाकुडाहरु वुझाइएकाले त्यहाँबाट पाउने यस्तो सुविधाहरु हराइएको र यस ठाउँको देवताले नदिइएको त्यहाँ वासोवास गर्ने तामाङ, मगर, गुरुङ र राई जातीहरुको भनाई रहेको छ ।

प्रचिनकालमा यस ठाउँको गर्भमा वहुमुल्य वस्तु अर्थत सुन थियो भनेर भनिन्छ ।  यही कुरालाई एक समयमा एउटा खैरे लगायतका व्यक्तिहरुले यस चुलिथुममा वहुमुल्य वस्तु भएको थाहाँ पाएपछि त्यहाँ एक हेलिकपटरको सहयोगमा अवतरण गरी मुल्यवान वस्तु तथा सुन निकाल्न चुलिथुमको विचमा खाल्डो खनियो त्यहीबाट भित्र पस्ने क्रममा माथिवाट जमिन आफै आएर सोही व्यक्तिलाई पुरियो र त्याहँवाट सुन निकालेर धनी बन्ने खैरेको त्यही समयमा त्यही खाल्डो भित्र उसको मृत्यु भयो र यो देखेर उसको सहयोगीहरु त्यहाँबाट भागेर भएको त्यहाँका मानिसहरुको भनाई छ ।

यति मात्र नभई लुन्द्रेङ चुलिथुम सम्बन्धमा अरु पनि धेरै घटनहरु हामी सुन्न पाउँछौं । सोही ठाउँमा कसैको अनुचित कार्यहरुबाट जमिनले पुरि मारेको, कसैलाई ती ठाउँ मै लोव गराएको तथा कसैको जिवन र परिवारमा अप्रिय घटनाहरु घटन गएकोले अहिले पनि त्यहाँको मानिसहरु जो कोही आपनो खुसीले कुनै कार्य गर्दैनन् र उनीहरु डराउँछन् ।

सोही ठाउँमा हरेक वर्ष वैशाख एक गते भव्य मेला लाग्ने गर्दछ । उत्त मेलामा जनकपुर, काठमाण्डौ लगायतका विभिन्न ठाउँबाट मानिसहरु श्री कपुरभुमे देवताको दर्शन गर्न र दृश्यवलोकनका लागि आउने गर्दछन् । यो ठाउँलाई अझ व्यवस्थित गर्न केही समितिहरु पनि गठन भएको छ । तरै पनि यो ठाउँलाई दर्शनार्थी र दृश्यवलोकनकर्ताहरु को गन्तव्य स्थल बनाउन कुनै निकायले चासो नदेखाएको देखिन्छ । यस ठाउँमा दर्शन गर्न हजारौ कोश टाडबाट मानिसहरु आउछन् । यस ठाउँमा आई दर्शन तथा पुजाआरधान गर्नाले आ आपनो भाकल मनोकांक्ष पुरा हुने जनविशवास रहेको छ ।

लेन्दे्रङ चुलिथुममा सन्बन्धित तथा सरकारी निकायले ध्यान नदिएता पनि यस ठाउँमा दर्शन र दृश्यवलोकनका लागि हजारौ मानिसहरु आउने गर्दछन । आजको दिन सम्म कुनै व्यक्ति लगायत संघ संस्थाहरुले यो ठाउँलाई पर्यटकिय गन्तव्य स्थल बनाउने कुरा गरेता पनि कुनै सिन्को धरी भाचिएको देखिदैन । सम्बन्धित निकायले लेन्द्रेङ चुलिथुम सेरोफेरो पर्यटकीय महत्व अत्यन्तै भएको र यहाँबाट पचुरतामा आय आम्दानी हुनेमा ध्यान केन्द्रीत गर्न सके यो, जिल्ला र राष्टकै एक महत्वपुर्ण पर्यटक गन्तव्य स्थल बन्ने ठुलो सम्भावना रहेको छ ।

सिन्धुलीको लेन्द्रेङ चुलिथुम तथा सेरोफेरोका ठाउँहरुमा ऐतिहासिक, धार्मिक एवं सास्कृतिक महत्व, प्राकृतिक सौन्दर्यता तथा माहभारत शृखलाहरु ऋादकिो दृश्यवलोकन गर्न सकिन्छ । यो ठाउँ पर्यटकीय दृश्टीकोणमा अत्यान्तै महत्वपुण रहेको छ । यो ठाउँलाई पर्यटकीयरुपमा विकास गरी राष्ट र अन्तराष्टीय स्तर सम्मै प्रचार प्रसार गरेमा जिल्लाकै एक आर्थिक स्रोत बन्न जाने निक्ैे सम्भावना रहेको छ ।
सिन्धुली जिल्लाको लेन्द्रङ चुलिथुम मात्र नभइ अरु पनि पर्यटकीय दृष्टिकोणले अत्यन्तै महत्वपुर्ण ठाउँहरु देखिन्छ । हालै सिन्धुलीको सबै भन्दा अग्लो ठाउँ फिक्कल डाडामा पर्यटकहरुलाई आर्कषित पार्ने हेतुले नौ तले भ्यू टावर निमार्ण कार्य भइरहेको छ । पर्यटक दृष्टिकोणले लेन्द्रङ चुलिथुम, शिद्धबाबा मन्दिर, फिक्कल डाडा, इलिहासीक ठाउँ सिन्धुली गडी र हरीहरपुर गडी लगायत पोखरी, झरण जैविक विविधता आदी कुराहरुले भरीएको यो जिल्लाको विषेशताहरु ह्ुन् ।
लेखक, जिवि पाख्रीन
२०७०,१०,१४

1 comment:

  1. Nice information about Sindhuli . Thanks for sharing the information in front of us and keep sharing.
    Annapurna Panorama Trek 10 Days

    ReplyDelete

Nepal's Festivals

Nepal is not only the land of mountains; it is also the land of festivals. There are more than 50 festivals celebrated in Nepal every ye...